नियम १२
मासु सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार

ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मासु सुपरीवेक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) समय समयमा पशु वधशालाको निरीक्षण गरी आवश्यकता अनुसार निर्देशन दिने,
(ख) मासु जाच सम्बन्धी कार्य, सरसफाई तथा निःसंक्रमणको कार्य उपयुक्त तरिकाबाट भए नभएको सुपरीवेक्षण गर्ने,
(ग) मासु निरीक्षकलाई आवश्यक प्राविधिक राय, सुझाव तथा निर्देशन दिने,
(घ) मासु विक्री गर्ने स्थल तथा ढुवानी गर्ने साधनको सुपरीवेक्षण गर्ने,
(ङ) पशु वधशाला वा मासु बिक्री गर्ने स्थलको सुपरीवेक्षणको क्रममा कुनै पशु वधशाला ऐन तथा यस नियमावली अनुरुप सञ्चालन भएको नपाइएमा सोको सञ्चालन बन्द गराई इजाजतपत्र दिने निकायलाई सो सम्बन्धी जानकारी गराउने,
(च) मासु निरीक्षकले ऐन तथा यस नियमावली बमोजिम सम्पन्न गर्नु पर्ने कार्य गरेको नपाइएमा मनासिव माफिकको कारण सहित निजको इजाजतपत्र रद्द गर्न विभाग समक्ष सिफारिश गर्ने,
(छ) नेपाल सरकारले समय समयमा निर्देशन गरेका अन्य कार्य गर्ने